Our Newsletter


Nepal: Nakhuleka Pataharu

RRP:
Price:
$27.00
SKU:
HBN 0011
Vendor:
Brand:
Weight:
Rating:
()
Availability:
Shipping:
Price includes shipping and handling. Orders will be mailed from Nepal.
Gift Wrapping:

Quantity:


Product Description

नेपालः नखुलेका पाटाहरु

तीर्थबहादुर श्रेष्ठ

सन् २००९, पृष्ठ x+१८४ (रङ्गीन पृष्ठहरूसहित)

ISBN:  978 9937 8144 0 9

US$ 27

 

अग्ला हिमाली भन्ज्याङ, भीरपहिरोको पहाडी बाटो, मधेसका फाँटहरू पैदल हिँडेरै चहार्ने थोरै नेपालीहरूमा तीर्थबहादुर श्रेष्ठको नाम पनि पर्दछ। उहाँको यो देश यात्रा अकारण गरिएको थिएन। पहिले वनस्पति विभागको सरकारी जागिरे र पछि वनस्पतिशास्त्रमा विद्यावारिधि प्राप्त विशेषज्ञका रूपमा गरेको उद्देश्यपूर्ण यात्रा थियो। उहाँको यस यात्राले झन्डै पाँच दशक लामो समयावधि ओगटेको छ। अध्ययन र प्रशिक्षणका हिसाबले एक वैज्ञानिक भएर पनि साहित्यिक संवेदना बोक्ने डा. श्रेष्ठले यस अवधिमा नेपालका प्राकृतिक सम्पदा र जैविक विविधतालाई नजिकबाट नियाल्ने र पर्गेल्ने मौका पाउनुभयो। उहाँका अनुभव र विचारहरू विभिन्न पत्रपत्रिका र पुस्तकहरूमा प्रकाशित भएका छन्। पाक्षिक हिमाल खबरपत्रिका मा उहाँले संवत् २०५७ देखि विज्ञान-विचारको शृङ्खला लेख्न थाल्नुभएको थियो, तिनै लेखमध्येबाट छानिएका पचासवटा लेखहरू यस सङ्ग्रहभित्र परेका छन्। नेपालको भू-प्राकृतिक संरचना, यसको जैविक सम्पदा र हाम्रा कतिपय सांस्कृतिक परम्पराहरूको वैज्ञानिक पक्ष बुझ्न चाहने पाठकहरूका लागि प्रस्तुत सङ्ग्रह अनिवार्य पठन सामग्री ठहरिनेछ। किनभने यी लेखहरूमा अन्तरनिहित ज्ञान र सूचनाका कारण मात्र होइन सुललित लेखनशैलीले पनि पाठकहरूलाई बाँध्नेछन्।


Find Similar Products by Category


Write your own product review

Product Reviews

This product hasn't received any reviews yet. Be the first to review this product!

You Recently Viewed...