रूसी महावीरको कथा
कृष्णप्रकाश श्रेष्ठ
वि.सं. 2058, पृष्ठ 64
ISBN
99933 36 15 7
US$ 9
प्राचीन रूसी राज्यहरू कीभ र नोभगोरोदसित सम्बन्धित
यी लोकगाथाहरूमा रूसी महावीरहरूको पराक्रम एवं वीरताको बखान पाइन्छ। खुँखार डाँकू, मानवभक्षी दैत्य र
उड्ने शक्ति भएको तीन टाउके अजिङ्गरहरूलाई परास्त गरी तिनको अत्याचारबाट रूसी
जनतालाई मुक्ति दिने इल्या मुरोमेत्स, दोब्रीन्या निकीतिच र आल्योशा
पोपोभिचजस्ता नायकहरूको पौरख कथा रमाइला र प्रेरणादायी छन्।