Description
असमानता र सकारात्मक कदमः विश्वव्यापी बहसमा नेपाल
2013, पृ. 134
ISBN: 978 9937 597 09 8
US$ 10
यस पुस्तकमा सङ्ग्रहित लेख १८–२० जुलाई, २०१२ मा काठमाडौंमा सम्पन्न “असमानता र सकारात्मक कदमः विश्वव्यापी बहसमा नेपाल” विषयक सम्मेलनमा प्रस्तुत कार्यपत्रका सारांश हुन्। त्यो सम्मेलन त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र/मानवशास्त्र केन्द्रीय विभाग र काठमाडौंको सोशल साइन्स बहाःले संयुक्त रूपमा आयोजना गरेका थिए जसलाई ब्रिटिश एकाडेमी युके–साउथ एसिया पार्टनरसिप स्किम, लण्डन विश्वविद्यालयको गोल्डस्मिथ्स, यल विश्वविद्यालय, सामाजिक समावेशीकरण अनुसन्धान कोष र ओपन सोसाइटी फाउण्डेसनको सहयोग प्राप्त थियो।
नेपाल, भारत लगायत विभिन्न देशका अनुसन्धानकर्ता र विज्ञले प्रस्तुत गरेका कार्यपत्रमा असमानताको अवधारणा र स्वरूपका साथै असमानताको उत्पत्ति र निरन्तरताका बारेमा विशेष रूपले उल्लेख गरिएको थियो। असमानता राजनीतिक स्वार्थ या भौगोलिक, सांस्कृतिक अथवा धार्मिक अनि जातीयता र लैङ्गिकता जस्ता अवस्थाबाट सिर्जना हुन्छ भन्ने कुरामा सबैको एकमत थियो। कार्यपत्र प्रस्तुतकर्ताले असमानताबाट पुगेको सामाजिक नोक्सानी तथा विभिन्न ऐतिहासिक र सामाजिक प्रक्रियाबाट उत्पन्न असमानतालाई सम्बोधन गर्नु आवश्यक रहेको कुरा स्वीकार गरेका थिए। सकारात्मक कदम सबै मानिसको समानताको चाहनाको फल हो कि संरचनागत असमानतामा आधारित ऐतिहासिक गल्ती सच्याउनुपर्ने कुराको स्वीकारोक्ति हो भन्ने विषयमा विद्वानहरूले आ–आफ्ना विचार व्यक्त गरेका थिए।
सो सम्मेलनमा सिर्जित ज्ञान आम नेपालीसम्म पुगोस् भनी यी कार्यपत्रहरूको नेपाली अनुवाद गरी पुस्तकका रूपमा प्रकाशित गरिएको हो। सबै कार्यपत्रको नेपाली रूपान्तरण मोहन मैनाली, कपिल दाहाल र वसन्त थापाले गर्नुभएको हो।
Reviews
There are no reviews yet.