नेपालमा क्षेत्रीयता र राष्ट्रिय एकता

नेपालमा क्षेत्रीयता र राष्ट्रिय एकता

$21.00

Qty:
Compare
SKU: HBN 018 Categories: ,

Description

नेपालमा क्षेत्रीयता र राष्ट्रिय एकता
फ्रेडरिक एच‍. गेज
२०१३, पृष्ठ २९४
ISBN: 978 9937 8698 0 5
Price: US$21

पहिलो पटक प्रकाशन भएको झन्डै चार दशकपछि पनि फ्रेडरिक गेजको ‘नेपालमा क्षेत्रीयता र राष्ट्रिय एकता’ तराई राजनीतिको सामाजिक-“राजनीतिक सन्दर्भ बताउने एउटै मात्र उत्कृष्ट पुस्तक रहिआएको छ।
– अर्जुन गुणरत्ने, यसै पुस्तकको भूमिकाबाट

फ्रेडरिक एच. गेजको ‘नेपालमा क्षेत्रीयता र राष्ट्रिय एकता’ तराई र यसलाई राष्ट्रिय मूलधारमा एकात्म बनाउन सरकारले चालेका गलत दिशातिर उन्मुख र अप्रभावकारी कदम सम्बन्धी चर्चित अध्ययन हो। नेपाली राष्ट्रियताका सबै तत्त्वमाथि प्रश्न उठेका र नयाँ खालको सहअस्तित्वको खोजी भइरहेका बेला यो पुस्तक प्रकाशित भएको झन्डै चार दशकपछि पनि उत्तिकै सान्दर्भिक छ। अर्जुन गुणरत्नेले लेखेको भूमिकाले पाठकलाई यो पुस्तक पुनर्प्रकाशनका समयका सामाजिक र राजनीतिक सन्दर्भबारे जानकारी गराएको छ। गुणरत्नेले आफ्नो भूमिकामा हाल तराईमा उठेका बढी महत्त्वपूर्ण विषयमा प्रकाश पारेका छन्।
_______________________________________________________________________

फ्रेडरिक एच. गेजले डेभिड्सन कलेज नर्थ क्यारोलाइनाबाट पढाउने काम थालेका थिए। पछि त्यहीँबाट उनले दक्षिण एसिया कार्यक्रमको थालनी गरे र साउदर्न एटलान्टिक स्टेट्स कर्न्सोटियम फर एसियन एन्ड अफ्रिकन स्टडिज नामक कलेज तथा विश्वविद्यालयको सङ्गठन स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेले। त्यसपछि उनी विश्वविद्यालयको प्रशासनिक काममा लागे। यस क्रममा उनी क्यान्सस सिटी रिजन काउन्सिल फर हायर एजुकेसनको प्रोफेसनल डेभलपमेन्ट कार्यक्रमको भाइस प्रेसिडेन्ट भए। उनी न्यु जर्सीको फारले डिकिन्सन विश्वविद्यालयको मेडिसन क्याम्पसमा कलेज अफ् आर्टस् एन्ड साइन्सेजको डिन भए। त्यसपछि उनी पेन्सिलभानियाको पेन स्टेट कलेजको बर्कस् क्याम्पसमा झन्डै १७ वर्षसम्म डिन तथा
क्याम्पस एक्जुकेटिभ अफिसर (अथवा कुलपति) भए। उनले सन् २००१ मा अवकाश लिए। उनको अगस्ट २००९ मा देहान्त भयो।

अर्जुन गुणरत्ने सेन्ट पौल, मिनेसोटाको म्याकालेस्टर कलेजमा मानवशास्त्र पढाउँछन्। उनले सन् १९८९ यता नेपालमा अनुसन्धान गरिरहेका छन्। उनका दुईवटा पुस्तक र कैयन् लेखहरू छापिएका छन्ः ‘मेनी टङ्ग्स, वान पिपुलः द मेकिङ अफ् थारू आइडेन्टिटी इन नेपाल'(कोर्नेल युनिभर्सिटी प्रेस, २००२) र ‘कल्चर एन्ड इन्भाइरोमेन्ट इन दी हिमालय'(रौटलेज, २००९)। उनी एसोसिएसन फर नेपाल एन्ड हिमालयन स्टडिज (ए.एन.एच.एस.) को ‘हिमालय’ नामक जर्नलका सम्पादक पनि हुन्।

मोहन मैनाली स्वतन्त्र पत्रकार तथा पत्रकारिताका प्रशिक्षक हुन्। उनका लेखरचना नेपाल र बाहिरका विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन्। उनले बनाएका भिडियो डकुमेन्ट्रीहरू विभिन्न टेलिभिजन र फिल्म फेस्टिभलमा देखाइएका छन्। मैनालीले ‘समावेशी लोकतन्त्रका आधारहरू'(सोसल साइन्स बहाः/हिमाल किताब, २००४) को सम्पादन तथा ‘मधेसः समस्या र समाधान'(सोसल साइन्स बहाः/हिमाल किताब, २००६) को सहसम्पादन गरेका छन्। रिपोर्टिङका क्रममा बटुलेका अनुभव तथा जानकारी समेटेर उनले ‘उपल्लो थलो’ (जगदम्बा प्रकाशन, २०१२) नामक पुस्तक लेखेका छन्।

Additional information

Weight 400.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “नेपालमा क्षेत्रीयता र राष्ट्रिय एकता”

Your email address will not be published. Required fields are marked *

X