नेपाली उपन्यासमा बसाइँसराइः दुःखदेखि दुःखसम्म

नेपाली उपन्यासमा बसाइँसराइः दुःखदेखि दुःखसम्म

$12.00

Qty:
Compare
SKU: HBN 023 Categories: , ,

Description

नेपाली उपन्यासमा बसाइँसराइः दुःखदेखि दुःखसम्म
जनकराज सापकोटा
सन् 2018, पृ. 132
ISBN: 978 9937 597 49 4
US$ 12
यस पुस्तकमा लेखकले वि.सं. १९९३ मा प्रकाशित रुपनारायण सिंहको भ्रमरदेखि २०७३ सालमा प्रकाशित मीनराज वसन्तको मुदिरसम्मको ८० वर्षको अवधिमा प्रकाशित २० वटा प्रतिनिधि उपन्यासको मिहिन अध्ययन गरेका छन् र उपन्यासले समेटेको त्योभन्दा लामो समय-फलकको चित्र उतारेका छन् । उपन्यासका पाठका आधारमा उनले बसाइँसराइको इतिहास, कारण र परिणाम साथै बसाइँ हिँड्नेको घर र देश छाड्दाको छटपटी, कष्ट र विपतका बीचमा बल्झिरहने स्मृति प्रस्तुत गरेका छन् ।

लेखकले आख्यान अध्ययनमा आधारित विवरण र विश्लेषणद्वारा फरक फरक समयमा नेपाली समाजमा बसाइँसराइ कसरी चलेको थियो प्रस्टाएका छन् । बसाइँ हिँड्नुका पछाडि के कस्ता कारणहरु थिए र पात्रहरुले त्यसलाई कसरी अभिव्यक्त गरेका छन् भन्ने पुस्तकले खुलस्त पार्नेछ । फरक फरक ठाउँका पात्रहरुको बसाइँ सर्दाको अनुभूति, त्यस समयमाथि पात्रहरुका चेतनात्मक अभिव्यक्ति, टिप्पणी वा संवाद, बसाइँसराइका क्रममा मानिसले उठाएका जोखिम, नयाँ ठाउँ र परिवेशमा उनीहरुले गरेको संघर्ष, त्यस क्रममा स्मृतिदंशले सताइएका पात्रहरुको अतीतमुखी स्मृति र बसाइँसराइले उनीहरुको जीवनमा ल्याएका परिवर्तनलाई समेत समेटिएकाले गर्दा यो पुस्तक नेपाली बसाइँसराइ गर्नेहरुको अद्योपान्त वृत्तान्त बन्न पुगेको छ ।

वैदेशिक रोजगारी, मानव तस्करी र भ्रष्टाचार लगायतका विषयमा खोजमूलक पत्रकारिता गर्ने जनकराज सापकोटा कान्तिपुर दैनिकसँग आबद्ध छन् । एक दशक यता उनी पत्रकारिताका अलवा अनुसन्धान र साहित्य लेखनमा पनि सक्रिय छन् । यसअघि उनको गैरआख्यान कहरः वैदेशिक रोजगारीले बिथोलिंदो समाज (२०७३) र निबन्ध संग्रह जीवन कतिपय (२०७१) प्रकाशित छन् ।

सुरेश ढकाल मानवशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्छन् । राजनीतिक मानवशास्त्रमा विद्यावारिधि गरेका ढकाल प्राध्यापन, अध्ययन, अनुसन्धानमा समानान्तर रूपमा सक्रिय छन् । परम्परागत विधागत विषयका साथै साहित्य, सिनेमा जस्ता विधामा पनि समान रुचि राख्ने ढकाल मानवशास्त्रीय दृष्टिीकोण सहित समसामयिक सामाजिक विषयहरूमा बहस गर्न रुचाउँछन् ।

Additional information

Weight 200.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “नेपाली उपन्यासमा बसाइँसराइः दुःखदेखि दुःखसम्म”

Your email address will not be published. Required fields are marked *

X