नेपाली प्रवासनः नियति र रहर

नेपाली प्रवासनः नियति र रहर

$21.00

Qty:
Browse Wishlist
Compare

Description

नेपाली प्रवासन : नियति र रहर
डम्बरकृष्ण श्रेष्ठ
2020, pp. 296
ISBN: 978 9937 597 55 5
US$ 21

यो संग्रह विदेशिएका नेपालीका सपना र बाध्यता, तिनका कष्ट, उपलब्धि, आँट एवं औकात दर्शाउने सूचना र विवरणको पोको हो । यसमा आकाशमा उड्नेदेखि समुद्रमा डुब्ने, युद्धमा होमिने, ४५–५० डिग्रीको रापमा पिल्सिने, महँगा शहरमा विलासी जीवन बिताउने आदि हरेक वर्ग र श्रेणीका नेपालीका कथा समेटिएका छन् । यसमा पत्रकारका आँखाले देखेका र कानले सुनेका कुराहरु लगभग जस्ताको त्यस्तै समाचार–सूचनाका रूपमा प्रस्तुत छन् ।
यो पुस्तक श्रम बेच्नका लागि खाडी, मलेसिया आदि देशमा जाने नेपाली श्रमिकहरुको कथा–व्याथा मात्रै पनि होइन । यसका खण्ड–खण्ड र पाना पल्टाउँदै जाँदा नेपालीले विश्व छिचोलिसकेको अनुभव त हुन्छ नै, सँगै कठोर शारीरिक श्रमका अतिरिक्त ज्ञान–विज्ञान र प्रविधिका क्षेत्रमा पनि विदेशिएका नेपालीहरूको पहुँच विस्तार भएको छ । किताब पढिसकेपछि; ‘कहाँ छैनन् नेपाली, कुन काममा छैनन् नेपाली’ भन्ने प्रश्न स्वाभाविक लाग्छ । एकपछि अर्को देशमा जमेर बसेका, राम्रो कमाइ गरेका नेपालीका कथा पढ्दा–पढ्दै मनमा थप प्रश्न जन्मिसक्छ — हामी नेपालीलाई देशमा कहिल्यै काम नहुने अनि विदेशमा कहिल्यै कामको खाँचो नपर्ने किन होला ?

________________________________________________________________________________________________

डम्बरकृष्ण श्रेष्ठले दुई दशक अघिदेखि वैदेशिक रोजगार र यसका विविध आयाममाथि कलम चलाइरहेका छन् । यस क्रममा उनी खाडी मुलुक कतार, मलेसियाका साथै सिंगापुर, हङकङदेखि बेलायत, युरोप र अमेरिकाका नेपालीमाझ पुगेका छन् र त्यहाँ काम गर्ने नेपालीहरूका सुख–दुःख नजिकबाट नियालेर हिमाल खबरपत्रिका मा लेख्दै आएका छन् ।
उनी वैदेशिक रोजगार बाहेक कला, समाज, सस्ंकृति र मानवीय अभिरुचिका विषयमा पनि उत्तिकै दख्खल राख्छन् । ‘अनुशील’ उपनामबाट साहित्य लेखनमा समेत सक्रिय छन् । उनले लेखकका रूपमा ‘हामी र हाम्रा सपना’, गीतकारका रूपमा ‘आरोही गीति एल्बम’ र ‘हङकङका नेपाली’ तथा ‘डढेलोभित्रका सतिसाल’ वृत्तचित्र निर्देशन पनि गरेका छन् । हाल हङकङ प्रवासनमा रहेका उनी हिमाल खबरपत्रिका का हङकङ संयोजक हुन् ।

Reviews

There are no reviews yet.

Be the first to review “नेपाली प्रवासनः नियति र रहर”

Your email address will not be published. Required fields are marked *

X