Bal-Bigyan

Bal-Bigyan

$15.00

Qty:
Compare
SKU: HBN 017 Categories: ,

Description

बाल-विज्ञान
डा. तीर्थबहादुर श्रेष्ठ/श्री विमललाल श्रेष्ठ
पृष्ठ १३६

ISBN: 978 9937 8421 9 8
US$ 15

डा. तीर्थबहादुर श्रेष्ठ वि.सं. १९९४
सालमा काठमाडौँमा जन्मनुभएको हो। उहाँले दरबार हाइस्कुल
, त्रिचन्द्र कलेज, ब्रिटिस म्युजियम, ग्रेनोवल विश्वविद्यालय
फ्रान्स आदि संस्थाहरूबाट शिक्षा प्राप्त गर्नुभएको छ। वि.सं. २०१७ सालदेखि वनस्पति
विभागमा विशेषज्ञको हैसियतले नेपालका प्रायःजसो सबै पहाडी र हिमाली क्षेत्रको भ्रमण
गरी विशेष अनुभव प्राप्त गर्नुभएको छ। उहाँ प्रज्ञा
प्रतिष्ठानमा
विज्ञानतर्फको सदस्य हुनुहुन्थ्यो। नेपालको वन
वनस्पति र वातावरण
जस्ता विषयमा उहाँका धेरै कृतिहरू प्रकाशित छन्। विज्ञान र वैज्ञानिक विचारधारालाई
अघि बढाउन सानै उमेरदेखि नै बालबालिकाहरूलाई ज्ञान उपलब्ध गराउनु आवश्यक भएकोले बाल
विज्ञान
सामग्रीहरू उत्पादन गर्ने क्रममा यो पुस्तक तयार गर्नुभएको छ।

 श्री विमललाल श्रेष्ठको जन्म वि.सं.
२००७ सालमा ललितपुरमा भएको हो। विज्ञानमा स्नातक उपाधि र विज्ञान शिक्षातर्फ स्नातकोत्तर
उपाधि प्राप्त गर्नुभई वि.सं. २०२८ सालदेखि उहाँ श्री ५ को सरकार शिक्षा तथा संस्कृति
मन्त्रालय पाठ्यक्रम पाठ्यपुस्तक तथा निरीक्षण विकास केन्द्रमा विशेषज्ञको रूपमा कार्य
गर्दै हुनुहुन्छ। विद्यालय तहका करिब छ-सातओटा विज्ञान शिक्षाका पुस्तकहरू तयार गर्ने
काममा उहाँको विशेष योगदान रहेको छ। त्यसका अतिरिक्त शिक्षक तालिम
, पाठ्यक्रम निर्माण
तथा शैक्षिक सामग्रीहरू तयार गर्ने काममा पनि उहाँ प्रत्यक्ष रूपमा संलग्न हुनुहुन्छ।
विज्ञानका कुरालाई समाजमा लोकप्रिय बनाउने क्रममा उहाँ त्यससम्बन्धी अध्ययन सामग्री
तयार गर्ने र रेडियो कार्यक्रम र वृत्तचित्र जस्ता श्रव्य दृश्य सामग्री तयार गर्नमा
समेत विशेष अभिरुचि राख्नुहुन्छ।

Additional information

Weight 200.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “Bal-Bigyan”

Your email address will not be published. Required fields are marked *

X