Maile Dekheko Nepal

Maile Dekheko Nepal

$19.00

Qty:
Compare
SKU: HBN0009 Categories: ,

Description

मैले देखेको नेपाल

हर्क गुरुङ

सन् २००७, पृष्ठ xxii+३०८

ISBN:  99933 43 88 2

US$ 19

 

नेपालका कुना-कन्दरा, पहाड-पर्वत, भावर र दून पैदल हिँडेरै पुग्ने थोरै नेपालीहरूमा पर्छन् हर्क गुरुङ। हिँड्नु त एउटा पहाडी गाउँमा जन्मेका उनको बाल्यकालको नियति नै थियो। तर विदेशमा पढेर आएपछि पनि उनले नेपाल यात्रालाई आफ्नो पहिलो प्राथमिकता बनाए। उनका लागि त्यस्तो यात्रा आफ्नो जन्मभूमिलाई नजिकबाट हेर्ने, बुझ्ने र चिन्ने उपाय थियो र थियो व्यावहारिक अध्ययनको एउटा महत्त्वपूर्ण पाटो। सन् १९६३ देखि १९७८ का अवधिमा कहिले सोद्देश्य र कहिले खाँट्टी घुमक्कडीका हिसाबले उडेर, गुडेर र धेरैजसो चाहिँ हिँडेरै गरिएका यी यात्राहरूबाट उनका चिन्तनधारामा परेका छाप उनका लेखाइ, विश्लेषण र उनले कोरेका मुलुकका योजनाहरूमा अभिव्यक्त भएका पाइन्छन्। यस पुस्तकमा समेटिएका आलेखहरू सामान्य यात्रा वृत्तान्त मात्र नभई नेपालको भौतिक भूगोल र सामाजिक सांस्कृतिक परिवेशबारे एक विलक्षण विद्वानका गहन टिप्पणीहरू हुन्।

Additional information

Weight 450.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “Maile Dekheko Nepal”

Your email address will not be published. Required fields are marked *

X