Nepalko Sandarbhama Samajshastriya Chintan

Nepalko Sandarbhama Samajshastriya Chintan

$23.00

Qty:
Compare
SKU: SSB-003 Category:

Description

नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन

मेरी डेशेन/प्रत्यूष वन्त (सं)

2004, xxii+632

ISBN: 99933 43 61 7

US$  23

 

नेपालमा समाजविज्ञानको अध्ययनलाई विस्तार गर्ने प्रयासको शृङ्खलामा एउटा नयाँ कडीको रूपमा यो पुस्तक आएको छ। यसमा परेका विभिन्न विषयका अठारओटा अनुसन्धनात्मक लेखहरूबाट नेपाली समाजका साथै समाजविज्ञानका आधारभूत अवधारणाहरू बुझ्न सघाउ पुग्नेछ र समाजविज्ञानका अध्येता तथा अनुसन्धातालाई आवश्यक बौद्धिक खुराक मिल्नेछ। 

 

समाजविज्ञानका विभिन्न विधा र दृष्टिकोणमा महत्त्वपूर्ण स्थान ओगटेका अवधारणा र तिनका प्रकरणात्मक सम्बन्धहरूबारे विश्लेषणात्मक चर्चा भएका लेखहरू नेपाली भाषामा उपलब्ध गराउनु यस सङ्कलनको मौलिकता हो। यही मौलिकताले यसलाई नेपाली भाषामा छापिएको आफ्नो विषयको पहिलो गहन कृति बनाएको छ।

____________________________________________________________________________________

 

प्रत्यूष वन्तले पेन्सलभेनिया विश्वविद्यालयबाट सन् 1996 मा इतिहासमा विद्यावारिधि गर्नुभएको हो। मार्टिन चौतारी र सामाजिक विकास तथा अनुसन्धान केन्द्रसँग आबद्ध उहाँको सम्पादन-सहसम्पादनमा छापामा महिला (1999), नेपाली मिडियामा दलित तथा जनजाति (2001), छापामा दलित (2001), छापामा जनजाति (2001), क्षेत्रीय मिडिया (2002), मिडियाको अन्तर्वस्तु (2002), स्थानीय रेडियो (2002), नेपाली मिडिया सन्दर्भग्रन्थ (2003), मिडियाको चिरफार (200३), र मिडिया उत्पादन र अन्तर्वस्तु (200३) प्रकाशित छन्। उहाँको Studies in the UK: Conversations with Practitioners (2004) प्रकाशित छ। उहाँ Studies in Nepali History and Society को सम्पादक पनि हुनुहुन्छ। 

 

मेरी डेशेनले सन् 1991 मा स्ट्यानफोर्ड विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गर्नुभएको हो। उहाँको उक्त अनुसन्धानको विषय थियो ‘Relics of Empire: A Cultural History of the Gurkhas, 1815-1987’. Studies in Nepali History and Society को संस्थापक सम्पादकमध्ये एक उहाँको गोर्खाली इतिहास, गुरुङ संस्कृति, जनजाति आन्दोलन, नेपाली महिला र राजनीतिबारे धेरै लेखहरू प्रकाशित भएका छन्।

Additional information

Weight 700.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “Nepalko Sandarbhama Samajshastriya Chintan”

Your email address will not be published. Required fields are marked *

X