Description
सिक्लेसको ठिटो: चन्द्र गुरुङको जीवन र जीवनकाल
मञ्जुश्री थापा
2011, पृष्ठ 190
ISBN: 978 9937 8421 3 6
सन् २००६ को सेप्टेम्बर महिनामा सुदूरपूर्वी नेपालको ताप्लेजुङ जिल्लाको घुन्सा गाउँनजिक एउटा पहाडमा ठोक्किएर रूसी एमआई-१७ हेलिकोप्टर दुर्घटना हुँदा नेपालको प्रकृति संरक्षणमा कैयौँ वर्षदेखि जुटेका धुरन्धर व्यक्तिहरूको एकै चिहान भएको थियो। त्यसमा एक जना थिए चन्द्र गुरुङ। उनी त्यस बेला विश्व वन्यजन्तु कोष नेपालको प्रमुखका रूपमा कार्यरत थिए। व्यावसायिक सफलताको एकपछि अर्को सोपान चढ्दै गरेका चन्द्रको भविष्यले पनि ठूलो सम्भावना बोकेको थियो जसलाई त्यस दुर्घटनाले अचानक छोट्याइदियो।
एउटा सानो गाउँ सिक्लेसमा जन्मिएर उनी विद्यावारिधि प्राप्त गर्न समर्थ हुन्छन्। वातावरण संरक्षणलाई कर्मक्षेत्र बनाएर आफूलाई नौलो उचाइमा स्थापित गर्छन्। उनको गतिशीलता कसैका लागि ईर्ष्याको विषय थियो भने कसैका लागि अजस्र प्रेरणाको स्रोत। यस पुस्तकमा मिजासिला, कर्मठ र ऊर्जाशील चन्द्र गुरुङको जीवनको मोहक चित्र मात्र होइन नेपालको वातावरण संरक्षण अभियानको इतिवृत पनि रोचक ढङ्गमा प्रस्तुत गरिएको छ।
Reviews
There are no reviews yet.