Sthannamkosh

Sthannamkosh

$29.00

Qty:
Compare
SKU: HBN 0013 Category:

Description

स्थाननामकोश
कृष्णप्रकाश श्रेष्ठ
सन् २०१०, पृ. xxxvi + ४९६
ISBN: 978 9937 8266 3 1
US $ 29.00
NPR 525.00

 कुनै पनि स्थाननामले त्यहाँको मानव सभ्यतासँग गाँसिएको कला, साहित्य, संस्कृति, भाषा, भूगोल, ज्ञान, विज्ञान र परम्पराको इतिहासलाई बोकेको हुन्छ। नेपालजस्तो भौगोलिक, सांस्कृतिक र भाषिक विविधताले सम्पन्न देशका स्थाननामहरूको विविधतालाई केलाएर, तिनको
भाषिक अर्थ र व्युत्पत्तिको व्याख्या गर्दै स्थाननामकोश तयार गर्नु निकै ठूलो परिश्रम र लगनशीलताको परिणाम हो।

यस्तो कोशको खाँचो पहिले त थियो नै अब आएर सङ्घीय नेपालको गणतान्त्रिक स्वरूपमा यस कोशको महत्ता अझ बढ्न गएको छ। प्रान्तीय भाषाका आधारमा स्थापित मौलिक स्थाननामहरूको परीक्षा गरेर अपभ्रंशलाई हटाएर सार्थक नाम पहिल्याउनमा यसले ठूलो टेवा दिनेछ
भन्नेमा दुईमत हुँदैन।

 यस कोशको पहिलो संस्करण तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाट संवत् २०४४ सालमा प्रकाशित भएको थियो। त्यसपछिका थप २२ वर्षको परिश्रमबाट अर्को नयाँ संस्करणको रूपमा पुनः प्रकाशन भएको छ। विद्वान् लेखक श्री कृष्णप्रकाश श्रेष्ठ हाम्रा बधाईका पात्र मात्र नभई उहाँले सबै नेपालीलाई आफ्नो ऋणी पनि बनाउनुभएको छ।

 – डा. तीर्थबहादुर श्रेष्ठ (यस पुस्तकको परिचयबाट उद्धृत)

 _____________________________________________________________________________________________________________________________________________________________

 सन् १९३८ मा काठमाडौँमा जन्मनुभएका कृष्णप्रकाश श्रेष्ठले मास्कोबाट पत्रकारिता विषयमा सन् १९६६ मा एम.ए गर्नुभएपछि मास्कोलाई नै आफ्नो कर्मथलो बनाउँदै आउनुभएको छ। उहाँ रेडियो मास्को नेपाली सेवामा सन् १९६३ देखि २००६ सम्म कार्यक्रम सञ्चालक र उद्‍घोषकका रूपमा कार्यरत हुनुहुन्थ्यो। सन् २००३ मा जगदम्बाश्री पुरस्कारबाट सम्मानित श्रेष्ठका नेपाली र रूसी साहित्य तथा संस्कृतिसम्बन्धी एक दर्जनभन्दा बढी पुस्तकहरू नेपाली र रूसी दुवै भाषामा प्रकाशित भइसकेका छन्। हाल उहाँ रसियाली विज्ञान प्रतिष्ठान, प्राच्यविद्या संस्थान, मास्कोमा वैज्ञानिक कार्यकर्ताका रूपमा सक्रिय हुनुहुन्छ।

Additional information

Weight 400.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “Sthannamkosh”

Your email address will not be published. Required fields are marked *

X