Description
मैले देखेको नेपाल
हर्क गुरुङ
सन् २००७, पृष्ठ xxii+३०८
ISBN: 99933 43 88 2
US$ 19
नेपालका कुना-कन्दरा, पहाड-पर्वत, भावर र दून पैदल हिँडेरै पुग्ने थोरै नेपालीहरूमा पर्छन् हर्क गुरुङ। हिँड्नु त एउटा पहाडी गाउँमा जन्मेका उनको बाल्यकालको नियति नै थियो। तर विदेशमा पढेर आएपछि पनि उनले नेपाल यात्रालाई आफ्नो पहिलो प्राथमिकता बनाए। उनका लागि त्यस्तो यात्रा आफ्नो जन्मभूमिलाई नजिकबाट हेर्ने, बुझ्ने र चिन्ने उपाय थियो र थियो व्यावहारिक अध्ययनको एउटा महत्त्वपूर्ण पाटो। सन् १९६३ देखि १९७८ का अवधिमा कहिले सोद्देश्य र कहिले खाँट्टी घुमक्कडीका हिसाबले उडेर, गुडेर र धेरैजसो चाहिँ हिँडेरै गरिएका यी यात्राहरूबाट उनका चिन्तनधारामा परेका छाप उनका लेखाइ, विश्लेषण र उनले कोरेका मुलुकका योजनाहरूमा अभिव्यक्त भएका पाइन्छन्। यस पुस्तकमा समेटिएका आलेखहरू सामान्य यात्रा वृत्तान्त मात्र नभई नेपालको भौतिक भूगोल र सामाजिक सांस्कृतिक परिवेशबारे एक विलक्षण विद्वानका गहन टिप्पणीहरू हुन्। …
Reviews
There are no reviews yet.