मुलुकको मुहार

मुलुकको मुहार

$27.00

Qty:
Compare
SKU: HBN 022 Categories: , ,

Description

मुलुकको मुहार
ध्रुव सिम्खडा
2017, pp. x+236
ISBN: 978 9937 597 39 5
US$ 27

विश्वभर अहिले समावेशी लोकतन्त्र निर्विकल्प जस्तै भइसकेको छ। लोकतान्त्रिक प्रक्रिया र विधि अनुसार गठित संसद्, सरकार र सङ्गठन (राजनीतिक दल) मा राज्यको विविधता झल्किनुपर्ने मान्यता बलियो हुँदैछ । यसैले ‘यो’ वा ‘त्यो’ जुनसुकै रूपमा भए पनि विश्वका नयाँ तथा पुराना दुवै खाले लोकतान्त्रिक मुलुकहरूमा समावेशी अवधारणाले ठाउँ लिँदैछ। समावेशीकरणको यस विश्वव्यापी लहरबाट नेपाल पनि अछुतो रहन सक्दैन। एकातिर नेपाली समाजको विविधता र अर्कोतिर विश्वव्यापी रूपमा उठिरहेको समावेशी लोकतन्त्रको लहर – यी दुवै कुरालाई व्यवस्थित गर्न जातीय, क्षेत्रीय र लैङ्गिक समावेशीकरणको मुद्दाले नेपाली समाज थप विभाजित नहोस् भन्नाका लागि सरकार, संसद् र सङ्गठनमा सहभागिता आवश्यक छ।

यस सन्दर्भमा समावेशीकरणको अवस्था कस्तो रहेछ भन्नेबारे नमुनास्वरूप दश जिल्लामा अनुसन्धान गरिएको थियो र चार ठूला राजनीतिक दलका केन्द्रीय नेताहरूसित कुराकानी गरिएको थियो। त्यसका साथै ती चार पार्टीका स्थापना कालदेखि २०७० सालसम्म गठित केन्द्रीय समितिका जातीय र लैङ्गिक सहभागिताको तथ्यांकलाई पनि हेरिएको थियो। मुलुकको प्रशासनिक निकाय तथा संसद् आफैँ कतिको समावेशी थिए त भन्ने कुरा पनि नियालिएको छ। यस्तै खोज अनुसान्धान र विश्लेषणमा टेकेर नेपाली राज्यको मुहार हेर्ने प्रयास हो यो पुस्तक।
_____________________________________________________________________

ध्रुव सिम्खडाले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट राजनीतिशास्त्रमा एम.ए. गरेका छन्। उनी पत्रकार हुन् । उनका विभिन्न पत्रपत्रिकामा समसामियक लेखरचनाहरू प्रकाशित भएका छ्न।

Additional information

Weight 300.0000 g

Reviews

There are no reviews yet.

Be the first to review “मुलुकको मुहार”

Your email address will not be published. Required fields are marked *

X