Description
नेपालको चिनारी
टोनी हागन
सन् २००१, पृष्ठ viii +११२
ISBN: 99933 13 13 0
US$ 40
स्वीस भूगर्भशास्त्री टोनी हागन मोहनशमशेर प्रधानमन्त्री छँदा
विशेषज्ञका रूपमा नेपाल आएका थिए। राणा शासकहरूले चाहेझैँ उनले सुनखानी त पत्ता लगाउन
सकेनन् तर प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी नेपालको अपूर्व सुन्दरता पत्ता लगाए।
टोनी हागनले ९ वर्षसम्म नेपालको तराई, पहाड र हिमालका कुनाकाप्चा चहारेपछि छापे
सचित्र पुस्तक नेपालः द किङ्गडम इन द हिमालय। त्यसैको नेपाली अनुवाद हो नेपालको
चिनारी। नेपालको कृषि, यातायात, उद्योग–व्यापार, जलस्रोतका साथै
इतिहास र संस्कृतिको चित्रण गरिएको यस पुस्तकमा सन् १९९८ सम्मका तथ्याङ्कहरूसमेत समाविष्ट
छन्। अङ्ग्रेजीबाहेक जर्मन, फ्रान्सेली र जापानी भाषामा प्रकाशित भइसकेको यो पुस्तक पहिलोपल्ट
नेपाली भाषामा प्रकाशित भएको छ।
Reviews
There are no reviews yet.